आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिर्तामोड नगरपालिकाद्वारा ३ हजार ४६१ जनालाई पोशाक वितरण

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७८



  • बिर्तामोड, ११ फागुन । बिर्तामोड नगरपालिकाले ३ हजार ४६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

    बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरीएको हो ।

    आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरीएको हो । फागुन ४ गतेदेखि शुरु गरीएको पोशाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रुमख पवित्रा महतारा प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको टोली खटिएको थियो । सबै विद्यालयमा पुगेर जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्रधानाध्यापक र शिक्षकको उपस्थितिमा पोशाक वितरण गरीएको हो ।

    नगरप्रमुख ध्रवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरुले ड्रेस किन्न नसकेकाकारण धेरै वालवालिका विद्यालय जानबाट बञ्चित भईरहेको पाइएकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोशाक वितरण गरीएको बताए ।

    पोशाक वितरण कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा हौषला मिलेको छ । लक्ष्मी आधारभुत विद्यालय बिर्तामोड-७ का शिक्षक केशव उप्रेतीले प्रविधि मैत्री कक्षा व्यवस्थापनका लागि समेत बिर्तामोड नगरपालिको जोड दिँदै आएको भन्दै प्रशंसा गरेका थिए ।

    बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका अझै ३ वटा विद्यालयमा पोशाक वितरण गर्न बाँकी रहेको छ । उक्त विद्यालयमा पनि चाँडै पोशाक वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij