प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७८
काठमाडौं ।
नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो सात महिना साउनदेखि माघसम्मको अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रीएका छ । उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ ।
नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका, भियतनाम र नामिबियाबाट फेस मास्क खरिद गरेको छ ।
नेपालले चीनबाट ७६ करोड ३० लाख १६ हजार रुपैयाँ, डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार रुपैयाँ, हंगेरीबाट ४ करोड २० लाख ९ हजार रुपैयाँ, भारतबाट एक करोड ४६ लाख एक हजार रुपैयाँ, सिंगापुरबाट एक करोड ९२ लाख ३२ हजार रुपैयाँ र अमेरिकाबाट २ करोड ७५ लाख ७१ हजार रुपैयाँको फेस मास्क ल्याएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क ल्याएको थियो । कोरोना महामारीका कारण फेस मास्को आयात बढेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij