प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७८
महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू आउन थालेका छन्।
पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ।
विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो।

भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्।
पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।
पशुपति क्षेत्र अहिलेदेखि नै सिंगारिएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij