आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युक्रेनबाट २ सय ४४ नेपालीकाे उद्धार

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७८



  • लन्डन। युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले साे जानाकारी दिएकाे हाे। समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्।

    यस्तै, युक्रेनबाट सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १ सय ३० जना, स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माेल्डावाको सीमामा २ जना नेपालीहरु रोकिएका छन्। उनीहरु सोमवार साँझसम्म सिमा पार गर्ने अनुमान गरिएको छ।

    गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै रहेका छन्।

    रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षमा आइतवार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।

    बैठकमा बोल्दै राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीहरुलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए। उच्चस्तरीय समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त नेपालीहरुको उद्धारको लागि पोल्याण्डको सिमा क्षेत्रमा आफै परिचालित भएकाे जानकारी दिए।

    गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमवारदेखि सीमा क्षेत्र केही खुकुलो भएकाे बताए।

    स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुबेदीले सीमा क्षेत्रमा आफै पुगेर ११ जना नेपालीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराएको जानकारी दिए। उनले सीमा क्षेत्रमा महिला र बच्चाहरुलाई पुरुषको तुलनामा सहज भएको बताए । युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा नेपालीहरुको लागि खानाको कुनै समस्या नरहेको उनले जानाकारी दिए।

    एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले अप्ठ्यारोमा परेका ८ जना नेपालीहरुलाई आफ्नै रेष्टुरेन्ट खाली गरेर खाना बस्न प्रवन्ध गरेको जानकारी दिए । स्लोभाकिया पुगेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा पु-याउन सकृय रुपमा लागि परेको उनले बताए।

    रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले १२ जना नेपालीहरु सुरक्षित रुपमा रोमानिया भित्रिएको जानकारी दिए । उनले कयौ नेपालीहरु रोमानियाबाट हङगेरी गैरकानुनी रुपमा छिर्न खोजेको बताए।

    उच्चस्तरीय समितिले सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधिलाई अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij