आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काठमाडौंको फोहोर व्यवस्थापन गर्न एक साता लाग्ने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७८



  • काठमाडौं । काठमाडौं उपत्यकाका सडक चोक-चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।

    चैत लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन ।

    लामो समयदेखि फोहर रोकिएको हुनाले नियमित तरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो । फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

    त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ ।

    हाल फोहोर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नु पूर्वनै स्थानीयको अवरोधले काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुने देखिएको महानगरको भनाइ छ । उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहोर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ  । यी सबै फोहर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij