आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाक प्रधानमन्त्रीले पीटीआइ सांसदहरूलाई भने-अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७८



  • इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका सांसदहरूलाई अविश्वासको प्रस्तावमा मतदानको दिनमा नेशनल एसेम्बलीको बैठकमा सहभागी नहुन कडा निर्देशन दिएका छन्।

    अप्रिलको पहिलो साता हुने अविश्वासको प्रस्तावमाथिको मतदानमा सहभागी नहुन प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

    पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सांसदहरूलाई लेखेको पत्रमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले भनेका छन, ‘ नेसनल एसेम्बलीमा अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू वा बैठकमा उपस्थित नहुनू।’

    तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ। विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए।

    पाकिस्तानका विपक्षीले सोमबार तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको एक दिनपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो । सन् २०१८ मा पदभार ग्रहण गरेपछि खानले सबैभन्दा कठिन राजनीतिक परीक्षाको सामना गरिरहेका छन्।

    उनको पार्टीमा गम्भीर मतभेद र सत्तारूढ गठबन्धनमा दरारहरू देखा परेका छन । पार्टीमा उनको स्थिति कमजोर बन्दै गएको छ।

    ३४२ सिट रहेको सदनमा प्रधानमन्त्रीलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले दाबी गरेका छन् । विपक्षीको कदमपछि पाकिस्तानमा राजनीतिक अस्थिरता बढेको छ भने जुन सुकै बेला सरकार ढल्न सक्ने खतरा बढेको छ।

    खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र राजनीतिक सहयोगीहरूको सहयोगमा अविश्वासको प्रयासलाई पराजित गर्ने बताउँदै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij