प्रकाशित मिति : सोमवार, बैशाख ५, २०७९
रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन्।
खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको बताइएको छ। आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको छ।
हमलापछि सर्वसाधारण मानिसहरू अत्तालिएका थिए भने सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे। त्यस्तै, घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लत्तपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij