आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बलिउडमा डेब्यु गर्दै सचिन तेन्डुलकरकी छोरी सारा

  • प्रकाशित मिति : सोमवार, बैशाख १२, २०७९



  • एजेन्सी । भारतिय क्रिकेटर सचिन तेन्डुलकरकी छोरी सारा बलिउडमा डेब्यु गर्ने भएकी छन् ।

    भारतिय स्टारका छोराछोरीहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको सन्दर्भमा सारा पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएको छ ।

    सारालाई मनोरञ्जनको क्षेत्रमा विशेष रुचि रहेकाले अब उनले बलिउडमै आफ्नो करिअर बनाउने समाचारमा उल्लेख छ । त्यसकै लागि उनले अहिले अभिनय सिकिरहेकी छन् ।

    युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन विषयको अध्ययन गरे पनि उनी ग्ल्यामरको दुनियाँमा करियर बनाउन चाहेको समाचारमा उल्लेख छ । साराले यसअघि मोडलिङ पनि गरेकी थिइन् । उनका तस्वीरहरू प्रशंशकले मन पराएका थिए ।

    केहि समयअघि साराको शाहिद कपूरसँग डेब्यु गर्ने चर्चा चलेको थियो । तर, सचिनने आफ्नी छोरी अहिले पढाइमा ध्यान केन्द्रीत गरिरहेको भन्दै यी खबरलाई खण्डन गरेका थिए ।

    एकपटक फेरि साराले बलिउडमा डेब्यु गर्ने खबर भुसको आगोझैँ सल्किएको छ । तर, उनले यसबारेमा अहिले नै केही बताएकी छैनन् । साराको डेब्यु उनका प्रशंशकका लागि प्रतिक्षाको विषय बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij