आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु, दुई गम्भीर

  • प्रकाशित मिति : बुधबार, असार १, २०७९



  • काठमाडौं । मोरङको बेलबारीमा स्कुटर ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।

    पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ बेतनामा ना ६ ख ५५४४ नम्बरको ट्रकमा को २० प ७६४५ नम्बरको स्कुटर मंगलबार राति ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स्कुटर सोही दिशातर्फ जाँदै गरेको ट्रकमा पछाडिबाट ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा स्कुटरमा पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते भएका छन् ।

    मादक पदार्थ सेवन गरेर तीव्र गतिमा स्कुटर चलाएका कारण ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij