आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

  • प्रकाशित मिति : मङ्लबार, असार १४, २०७९



  • कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा कामगर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताउनुभएकाे छ ।

    त्यस्तै पुनर्बास नगरपालिका-८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापाको समेत मृत्यु भएको उहाँले बताउनुभयाे । उनको पनि खेतमा कामगर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको उहाँले बताउनुभएकाे छ ।

    यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने वर्ष ४८ को पुनाराम चौधरीकाे मृत्यु भएको प्रहरीले बताएकाे छ । मृतक तीनै जनाको घटनाकाे मुचुल्का बनाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको छ ।

    यसैगरी चट्याङ लागेर बेलौरी नगरपालिका-९ का बाधुराम रानाकी श्रीमती बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij