आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काजोल, सुरियासहित ३९७ जनालाई सदस्यताका लागि ओस्कार एकेडेमीको निम्तो

  • प्रकाशित मिति : बिहिबार, असार १६, २०७९



  • काठमाडौं । ओस्कार अवार्ड आयोजक संस्था द एकेडेमी अफ आर्ट्स एण्ड साइसेन्जले विश्व फिल्म समुदायका ३९७ जनालाई सदस्यताका लागि निम्तो दिएको छ ।

    यदि निम्तो दिइएका व्यक्तिले प्रस्ताव स्वीकारे उनीहरु ओस्कार अवार्डमा मतदानका लागि योग्य हुनेछन् । यो सूचीमा हलिउड गायिका बिल्ली एलिसदेखि बलिउड अभिनेत्री काजलसम्म छन् ।

    यो सूचीमा भारतको तमिल फिल्म उद्योगका ‘जय भीम’ फेम्ड अभिनेता सुरियासम्म छन् । सदस्यताको निम्तो दिइएकामा ४४ प्रतिशत महिला, ३७ प्रतिशत अश्वेत, ५० प्रतिशत गैरअमेरिकी छन् ।

    यदि उनीहरुले प्रस्ताव स्वीकारे एकेडेमीको कुल सदस्यमध्ये ३४ प्रतिशत महिला, १९ प्रतिशत अश्वेत र २३ प्रतिशत गैरअमेरिकी हुनेछन् । गत वर्ष चलेको ‘ओस्कार सो ह्वाइट’ अभियानपछि एकेडेमीलाई समावेशी बनाउन पहल सुरु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij