आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सार्वजनिक बिदाको दिन सञ्चारकर्मीको राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७९



  • नेपाल पत्रकार महासंघ ललितपुरमा आबद्ध १६३ सञ्चारकर्मीले शनिबार जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको तर सेवाग्राहीको दैनिक चापका कारण कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले समयमा परिचय पत्र बनाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै महासंघ ललितपुरले सहजीकरण गरेको हो ।

    महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रशासनसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पारेर शाखामा आबद्ध सञ्चारकर्मीहरूको परिचय पत्र बनाइएको जानकारी दिए ।

    ललितपुरका प्रमुख जिला अधिकारी घनश्याम उपाध्यायले जनतालाई सुसूचित गर्ने पत्रकारहरूको समय र व्यस्ततालाई ध्यानमा राखेर प्रशासनले साथ दिएको बताए । ‘सबै नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पर्छ भन्ने सरकारको मान्यता छ, हामी प्रशासनले पनि सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहजीकरण गर्दै आएका छौँ’, उपाध्यायले भने, ‘यो अभियानमा कोही नछुटुन् भन्ने कोसिस हो, त्यसमा पत्रकार महासंघको भूमिकाले नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन थप सन्देश गयो ।’

    जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचय पत्र इकाइका प्रमुख हरि राउतले सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको भन्दै सञ्चारकर्मीलाई पनि सहजरुपमा परिचयपत्र बनाउन आफूहरुले साथ दिएको बताए ।

    ‘सरकारको अभियानमा पत्रकार महासंघले साथ दिएको छ, जनताको सेवा जुनसुकै बेला हामी गर्न तयार छौँ’, राउतले भने, ‘समयमै राष्ट्रिय परिचय बनाए सहज हुनेछ ।’

    अन्य बेलामा प्रशासनमा भिडभाड बढी हुने भएकोले सञ्चारकर्मीका लागि सार्वजनिक बिदाको दिन सेवा दिएको उनले बताए ।

    पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले शाखामा आबद्ध पत्रकारहरूको सहजताका लागि आफूहरूले विगतदेखि नै विभिन्न कार्यक्रममा सहजीकरण गर्दै आएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij