आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसारकै सबैभन्दा सेक्सी खेलाडी धरधरी रोइन्

  • प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७९



  • काठमाडौं । विश्वकै सेक्सी एथलीट घोषित भएकी जर्मन धावक एलिसा स्मिड यतिबेला चर्चामा छिन् । एलिसाले आफ्नो दौड र सौन्दर्यबाट लगातार फ्यानको मन जितिरहेकी छिन् तर यसपटक उनको भावुक अनुहार सबैको अगाडि आएको छ ।

    २३ वर्षीया एलिसाले हालै विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अहिले भर्खरै उनी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएकी छिन्, यो छनोटपछि उनको भावुक भिडियो सार्वजनिक भएको छ ।

    एलिसा स्मिड जर्मनीका लागि मिश्रित रिले दौडमा दौडिन्छिन् । हालसालै उनले ४०० मिटर ४ दौडमा राम्रो प्रदर्शन गरिन् तर त्यसको बाबजुद पनि उनी विश्व च्याम्पियनसिपको फाइनलमा पुग्न सकिनन्।

     

    यसैबीच युरोपियन च्याम्पियनसिपका लागि उनको छनोट पक्का भएको छ । अर्थात् यो च्याम्पियनसिप म्युनिखमै हुने भएकाले उनले घरेलु दर्शकको अगाडि प्रदर्शन गर्नेछिन् । एलिसाले आफ्ना साथीभाइ र परिवारका अगाडि प्रदर्शन गर्न आतुर रहेको बताइन् ।

    युरोपियन च्याम्पियनसिपमा छनोट पक्का भएपछि एलिसाले इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यस छनोटबाट म निकै खुसी छु, यो छनोटले मेरो लागि कति अर्थ राख्छ, तपाइँलाई थाहा छैन ।’

    एलिसा स्मिडको इन्स्टाग्राममा ३० लाखभन्दा बढी फलोअर्स छन् । आफ्नो सुन्दरताका कारण उनी निकै चर्चामा रहन्छिन्, त्यसैले उनलाई विश्वकै सेक्सी एथलीट भनिन्छ । अस्ट्रेलियाको एउटा पत्रिकाले उनलाई यो उपाधि दिएको हो ।

    २३ वर्षीया एलिसा स्मिडका धेरै भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले धेरै म्यागजिनका लागि फोटोसुट पनि गराएकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij