आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७९



  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

    आज (बुधबार) बिहान प्रदेश-१ का पहाडी भू-भागमा पूर्णरुपमा बदली रहेको छ । त्यस्तै, देशका अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ ।

    साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बुधबार दिउँसो भने प्रदेश-१ मा सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

    बुधबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका अन्य भू-भागमा आंशिक बदली हुने भएको छ । साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij