आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

  • प्रकाशित मिति : बिहिबार, भदौ ९, २०७९



  • काठमाडौं । भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ ।

    इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा विश्वकै अग्लो रेलवे पुल निर्माण सम्पन्न हुने क्रममा रहेको हो ।

    करिब ७५ प्रतिशत काम पूरा भईसकेको यो पुलको उचाई एक सय ४१ मिटर रहेको छ भने लम्बाई सात सय तीन मिटर रहेको छ ।

    पहाडी राज्य मणीपुरमा निर्माणाधीन यस रेलवे लाइनमा ५२ वटा सुरुङमार्ग रहेका छन् भने एक सय २९ वटा पुल मध्ये ११ वटा ठूला पुल रहेका छन् । ती मध्येकै नोनेपुल सबैभन्दा उच्च स्थानको पुल भएको भारतीय रेलवेले बताएको छ ।

    यो पुल निर्माणपछि १२ घण्टा लाग्ने यात्राको दूरी साढे दुई घण्टामा छोटिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij