आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानमा अल्पकालिन संकटकालको घोषणा

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७९



  • काठमाडौं । पाकिस्तानमा पछिल्लो केही सातादेखि बाढी पहिरोको चपेटामा पर्दा कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् ।

    पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताउनुभएको छ । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको संख्या एक हजार एक सय ३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् ।

    यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ । बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । उक्त संख्या अझै बढ्ने ठानिएको छ । विदेशमन्त्री बिलावल भुट्टो जरदारीले मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

    करिब तीन करोड ३० लाख पाकिस्तानीहरू बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन् । यसको अर्थ प्रत्येक सात जनामध्ये एक पाकिस्तानी नागरिक बाढीले प्रभावित छन् । उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन् । पर्वतीय क्षेत्रमा बस्ने हजारौँ मानिसहरूलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ ।

    हेलिकोप्टरको मद्दतले समेत सबैलाई उद्धार गर्न सकिएको छैन । भाग्न सफल मानिसहरू भिडभाडपूर्ण पालहरूमा जम्मा भएका छन् । सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ ।

    यो वर्षको मनसुनी वर्षा सन् २०१० को विनाशकारी बाढीसँग तुलना गर्न सकिन्छ । पाकिस्तानको इतिहासमा सबैभन्दा घातक ठानिएको सो बाढीमा २,००० मानिसको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij