आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज राति भारी वर्षाको सम्भावना

  • प्रकाशित मिति : मङ्लबार, भदौ २१, २०७९



  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ र पश्चि तिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

    आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहेकाे छ । त्यस्तै, अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

    मंगलबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली हुनेछ । साथै बाँकी प्रदेशहरूमा भने आंशिक बदलीदेखि मौसम सफा रहनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

    त्यस्तै, प्रदेश-१ र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij