आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थप्याे: प्रचण्ड

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७९



  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ ।

    आइतबार साँझ चितवनकाे नारायणगढस्थित इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ‘प्रेमगीत ३’ चलचित्र हेर्न लायक भएकाे उहाँले तर्क गर्नुभएकाे छ ।

    उहाँले नेपालीले बनाएको याे चलचित्र सबैतिर प्रचार भएको समेत बताउनुभयाे । उहाँले यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष प्रचण्ड आइतबार ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुग्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij