आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७९



  • Healthy food on a heart shape cutting board. Love of food concept with fruit, vegetables, grains and high fibre foods. Rustic wood textures

    चितवन । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन् । रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन् ।

    कान्तिपुर हेल्थले आज यहाँ आयोजना गरेको ‘चाडपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्र्रिया कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे ।

    पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउँछन् । उनले भने, “मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।” सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउँछन् ।

    उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए । भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए । यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउँछन् । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने, “सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।”

    डा अग्रहरिले भने, “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ ।” धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए । मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए । मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”

    उनले भने, “यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ ।” उनले भने, “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उहाँले त्यस्तो मासु खादै नखान सुझाव दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij