आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

समाज सेवामा पाए नवराज केसीले डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७९



  • काठमाडौं । नेपालका नवराज केसी डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ ।

    नेपाली भएर अन्तराष्ट्रिय स्तरमै सामाजिक योगदान गर्न सक्षम भएको भन्दै उहाँलाई भारत अन्तर्राष्ट्रिय केन्द्रले अन्तराष्ट्रिय स्तरको पुरस्कार प्रदान गरेको हो । केसी लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । समाज सेवामा रुची र दख्खल राख्ने केसीको दुर्गम ठाउँको बिकास र समाजसेवाको उच्च मूल्यांकन गर्दे अन्तराष्ट्रिय पुरस्कार प्रदान गरीएको हो । यस भन्दा अघि पनि आफ्नो समाजलाई सकरात्मक प्रभाव पार्न भूमिका खेलेको भन्दै अमेरिकाको न्यूयोर्कका नेपाली रियल्टर केसीलाई पाँचहजार डलरसहितको स्पिीरिट अवार्ड प्रदान गरीएको थियो ।

    कलेज प्वाइन्टका विविध समुदायका बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्न आफ्नो मिशनमा मद्दत गर्न केसीलाई २०२२ रियल्टर स्पिरिट अवार्ड प्रदान गरीएको थियो । केसी न्यूयोर्क सिटी काउन्सिलको चुनावमा उम्मेदवारी दिने पहिलो नेपाली अमेरिकन हुन् । केसी न्यूयोर्क सिटी मेयर एरिक आडम्सको एसियन एड्भाइजरी काउन्सिलका सदस्य समेत हुनुहुन्छ ।

    केसी सफल उद्यमी, व्यावसायिक रियाल्टर र सामुदायिक कार्यकर्ताको रुपमा सकृय हुनुहुन्छ । २०१९ देखि २०२० सम्म रोटरी क्लब अफ न्यूयोर्क, क्वीन्सका अध्यक्ष समेत रहेका केसी कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएसनका अध्यक्षका रूपमा समेत कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij