आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राम्रो नम्बरको प्रलोभन देखाएर विद्यार्थीलाई बलात्कार गरेको आरोपमा महिला शिक्षिका पक्राउ !

  • प्रकाशित मिति : बिहिबार, माघ १९, २०७९



  • काठमाडौं । एउटी महिला शिक्षिकाले गुरु–शिष्यको पवित्र सम्बन्धलाई कलंकित पारेकी छिन् । राम्रो अंक दिने प्रलोभन देखाएर यी शिक्षकले विद्यार्थीलाई २ पटक बलात्कार गरेकी थिइन् । शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । साथीको घरमा शिक्षिकाले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेकी हुन् । घटना अमेरिकाको मिसौरीको हो ।

    यहाँ २६ वर्षीया शिक्षिका लेना स्टेवार्टविरुद्ध यौन सम्पर्क र यौन दुर्व्यवहारको तीनवटा मुद्दा दर्ता भएका छन् । केवाइथ्री समाचार च्यानलका अनुसार, लेना स्टेवार्टले अक्टोबर २०२२ मा १६ वर्षीय विद्यार्थीलाई बलात्कार गरेकी थिइन्।

    शिक्षिका लेना स्टेवउर्टले छात्रलाई आफ्नो यौन माग पूरा गरिरहने हो भने राम्रो अंक पाउँछौ भनी बताउने गरेको अनुसन्धानमा खुलेको छ । कक्षामा शिक्षकले आफूसँग खासै कडाई नगर्ने भएकाले धेरै गृहकार्य नपाएको विद्यार्थीको दाबी छ ।

    ‘डेलीस्टार’ को रिपोर्टमा भनिएको छ कि अक्टोबर २०२२ मा शिक्षिका लेना स्टेवर्टले छात्रालाई साथीको घरमा दुई पटक बलात्कार गरेकी थिइन् । पहिलो घटनापछि, विद्यार्थी असहज भए र शिक्षिकालाई भने कि उनी घर जान चाहन्छन्। दोस्रो पटक भेटिएपछि शिक्षिकाले विद्यार्थीसँग फेरि सम्बन्ध कायम गरिन् ।

    अब, लेना स्टेवर्ट विरुद्ध मुद्दा दर्ता भएको छ। यस्तो अवस्थामा शिक्षा प्राधिकरणका प्रवक्ता ज्याक रेन्ट्जको बयान पनि यो सम्पूर्ण मामिलामा आएको छ । उनले भने कि हामीले शिक्षिका विरुद्धको आरोपलाई गम्भीरताका साथ लिएका छौं, जसको कारण लेना स्टेवार्टलाई डिसेम्बरमा बिदामा पठाइएको थियो।

    ज्याकले भने- हामी सम्बन्धित नीति अवलम्बन गर्नेछौं। यस विषयमा अनुसन्धानमा सम्वन्धित निकायलाई सक्दो सहयोग गरिँदै छ । उनीहरुले जे मागिरहेका छन्, ती सबै कुरा उनीहरुलाई भनिएको छ ।


    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij