प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९
बिनिता शर्मा, काठमाडौं।बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१ वाटर पार्कबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका-१० बस्ने २८
वर्षीय तिलक डाँगी, सोही नगरपालिका-५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय
सोनिराम केसी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो
नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी सुदुरपश्चीम प्रदेशको कैलाली जिल्लाको गोदावरी नगरपालिका-६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने पदार्थ ४ ग्राम १ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-६ बस्ने २५
वर्षीय गोपाल चौधरी समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी
पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका-१ साथी अस्पताल चोकबाट अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित २
जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-
२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका-१ पूर्व लम्की बस्ने १९
वर्षीय लोकेश शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकारपुरबाट खटिएको प्रहरीले
प्रदेश ३ -०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ
सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध
ब्राउनसुगर ५ सय मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर
र गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ
गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१-१०प ४३९१
नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी
उनीहरूलाई पक्राउ गरको हो ।
यस्तै धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध
लागूऔषध ब्राउनसुगर १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २०
वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको
छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२-००१ प ११४४
नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी
उनीहरूलाई पक्राउ गरेको ।
त्यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध
लागूऔषध ब्राउनुसुगर ७ मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय किरण जोशी र
सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको
मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगर सहित फेला पारी
मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
त्यसैगरी मधेश प्रदेशको बारा जिल्लाको निजगढ नगरपालिका-११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २
किलो सहित सोही नगरपालिका-१२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेलाई बिहीबार
राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई
उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij