आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शेर्पा समुदायले १५ दिनसम्म मनाउने ल्होसार आजबाट सुरु हुँदै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ९, २०७९



  • काठमाडौँ। शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ। आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ।

    शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन्।

    ग्याल्पो ल्होसारको ३ दिन भने विशेष दिनको रुपमा मानाइने गरिन्छ। पहिलो दिन गुरुको हातबाट आशिष लिने गरीन्छ भने दोस्रो दिन अग्रजको हातबाट आशिष लिने प्रचलन रहेको छ र तेस्रो दिन प्रकृति पुजा गरेर यो पर्व मनाइने गरीन्छ।

    पछिल्लो समय शेर्पा समुदायका साथै तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले पनि यो ल्होसार मनाउने गर्दछन । शेर्पा संस्कृति अनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ, त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ।

    मैदाको पिठोबाट बनेको खाप्से लोपूल जस्ता परिकार खाने गरिन्छ। यसैगरी घरको छत, आगन, गुम्बा अनि चैत्यहरु पुराना ध्वजाहरु फेरिने गरीन्छ भने पारिवारीक भेटघाटको रुपमा पनि लिने गरिन्छ। ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij