आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिरबाट लडेर ५३ वर्षीय कृष्णकुमार थापाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, बैशाख १८, २०८०



  • काठमाडाैं । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ ।

    घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु हुनुभएका उहाँ आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किनुभएको परिवारले जनाएका छन् ।

    भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भिरबाट बाहिर निकालेको थियोे ।

    स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij