आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीले गुजरातलाई हरायो

  • प्रकाशित मिति : बुधबार, बैशाख २०, २०८०



  • काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि ट्वान्टी क्रिकेटमा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ ।

    मंगलबार राति गुजरातको मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दिल्लीले गुजरातलाई ५ रनले हराएको हो ।

    जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन मात्र बनायो ।

    गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले अविजित ५९, अभिनव मनोहरले २६ तथा राहुल तिवातियाले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    दिल्लीका लागि खलिल अहमद र इशान्त शर्माले समान २/२ तथा एनरिच नोर्किया र कुलदिप यादवले समान १/१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

    दिल्लीका लागि अमन खानले अविजित ५१, अक्षर पटेलले २७, रिपल पटेलले २३ तथा प्रियम गर्गले १० रन बनाए ।

    गुजरातका लागि मोहम्मद सामीले ४, मोहित शर्माले २ तथा राशिद खानले १ विकेट लिए ।

    आईपीएल क्रिकेटको जारी सिजनमा ९ खेल खेल्दा दिल्लीको यो तेस्रो जित हो भने लिग लिडर गुजरातको तेस्रो हार हो ।

    हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ । कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरवादसँग समान ६ अंक भएपनि दिल्ली क्यापिटल्स रनरेटका आधारमा पुछारमै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij