प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०८०
धनगढीः अछामी टाउके राजाका नामले परिचित अछामी राज परिवारका सदस्य वीरेन्द्र बहादुर शाहको निधन भएको छ। धनगढी स्थित माया मेट्रो अस्पतालमा उनको निधन भएको हो।
स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको आज केही बेर अघि निधन भएको नेपाली कांग्रेस अछामका सह सचिव दिनेश कुमार स्वारले जानकारी दिएका छन्।
मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला सदरमुकाम मंगलसेनमा व्यवसाय संचालन गर्दै आएका शाह भलिबलका पुराना खेलडीसंगै नेपाली काँग्रेसका नेता समेत हुन्। अछामी राज परिवारका सदस्य रहेका शाह जिल्लामा हक्की स्वभाव र निडर व्यक्तिका रुपमा परिचित थिए।
उनको निधनबारे थप बिवरण आउन बाँकी रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij