शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देशभर अत्यधिक गर्मी, जनजीवन प्रभावित

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०८०



  • काठमाडौं । केही दिन यता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि पुग्दा दिउँसो घर बाहिर निस्कनै समस्या हुन थालेका छ । अत्याधिक गर्मीका कारण तराईका विद्यालयहरु बन्द हुन लागेका छन् । तराईमा लूको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आब्हान गरेका छन् ।

    देशका विभिन्न स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ । वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको हो । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ । यो प्रणाली अझै केही दिन सक्रिय हुने अनुमान गरिएको छ ।

    देशका अधिकांस स्थानमा अत्याधिक तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ । तराईका जिल्लामा ४० डिग्रीमाथि तापक्रम मापन गरिएको छ । गर्मीकै कारण नागरिकमा झाडापखला, रुघाखोकीजस्ता समस्या देखिन थालेका छन् । मौसमको हिसाबले चिसो मानिने काठमाडौं उपत्यकामा समेत गर्मीको असर देखिएका छ । काठमाडौंमा आइतबार दिउसो ३२ डिग्री तापक्रम मापन गरिएको छ । बाहिर निस्कनै नसक्ने अवस्था रहेको र निस्की हालेपनि चौतारी छाहारी खोज्नुपर्ने अवस्था रहेको छ ।

    गर्मीका कारण बिरामी हुनेको संख्या बढ्न थालेको छ । दिउँसोको समयमा घाममा नहिँड्न र हिड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउन चिकित्सकले सुझाएका छन् । धेरैजसोे मध्यान्हमा हिँडडुल गर्न छाडिसकेका छन् । अत्यावश्यक उपभोग्य सामान खरिद गर्नेहरु बिहान बेलुकामात्रै निस्कने गरेका छन् । सार्वजनिक यातायातमा पनि गर्मीका कारण उकुसमुकुस हुने गरेको छ । प्रायजसो सवारी साधन र मानिसको चहलपहलले हुने ठाउँहरुमा चहलपहल कम हुन थालेको छ । बाहिरिएका मानिस चिसो पदार्थ खाएर दिन काट्ने गरेका छन् ।

    नेपालमा बैशाखदेखि साउनसम्म धेरै गर्मी हुने गर्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । अनपेक्षित तापक्रम बढ्नु वातावरणीय दृष्टिले चुनौतीपूर्ण हो, त्यसबाहेक आफ्नो स्वास्थ्यप्रति आफैं जिम्मेवार हुने दायित्व आमनागरिकमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij