प्रकाशित मिति : शुक्रबार, असार १, २०८०
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो पत्रकार सम्मेलन गर्दै अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०८०-८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् ।
रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ल्याइएको बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री कार्कीले बताए । उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै, स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार, भूमि व्यवस्था, वन, वन्यजन्तु तथा जैविक विविधता, पर्यटन लगायत क्षेत्रमा लोकप्रिय तथा प्रचारात्मक कार्यक्रम तथा योजनामा बजेट विनियोजन गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij