प्रकाशित मिति : बुधबार, असार ६, २०८०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।
राष्ट्रपति पौडेललाई असहज भएपछि शनिबार राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
राष्ट्रपतिका स्वकीय सचिव चिरन्जिवी अधिकारीले राष्ट्रपतिकाे मुटुकाे शल्यक्रिया गरिएकाे र अहिले राष्ट्रपतिकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij