आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टाइटनिक हेर्न गएको बेपत्ता पनडुब्बीमा पाकिस्तानी अर्बपति बाबु छोरा पनि

  • प्रकाशित मिति : बुधबार, असार ६, २०८०



  • लन्डन। विश्वकै चर्चित पानी जहाज मध्येको एक टाइटानिक फेरि एकपटक चर्चामा आएको छ। एट्लान्टिक महासागरको गहिराइमा डुबेको यो जहाज हेर्न आइतबार पर्यटक पनडुब्बीमा पाँच जना गएका थिए तर यो पनडुब्बी अहिले दुई दिन देखी बेपत्ता भएको छ।

    अहिले अवस्था यस्तो छ कि उद्धारकर्ताहरू यो पनडुब्बी खोज्न लागि परेका छन्।

    यो पर्यटक पनडुब्बीको नाम सिर्ट टाइटन हो र समुद्रमा डुबेको साढे दुई घण्टामा यसको सम्पर्क टुटेको थियो। ब्लूमबर्गको रिपोर्ट अनुसार यो पनडुब्बीको दायरा ९६ घण्टा छ र यसले ७० घण्टा अक्सिजन राख्छ।

    अहिले धेरै सरकारी एजेन्सीहरू, अमेरिकी–क्यानडा नौसेना बल र व्यावसायिक रूपमा गहिरो समुद्रमा जाने कम्पनीहरूले यो पनडुब्बीको खोजी गरिरहेका छन्।

    टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाइलटसहित पाँच जना सवार थिए। यस पनडुब्बीमा पाकिस्तानका अर्बपति व्यापारी प्रिन्स दाउद र उनका छोरा सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ पनि रहेका छन्। यात्रामा निस्कनु अघि हार्डिङले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए-‘म टाइटानिकको भग्नावशेषको अभियानको हिस्सा हुँ भन्न पाउँदा गर्व लाग्छ।’

    प्रिन्स दाउदको बारेमा भनिएको छ कि उनी पाकिस्तानको सबैभन्दा धनी परिवार मध्ये एक हुन्। उनी एसईटीआई संस्थानका ट्रस्टी पनि हुन्। पनडुब्बीका पाइलटको नाम पल हेनरी हो र उनी फ्रान्सका बासिन्दा हुन्।

    न्यूयोर्क टाइम्सका अनुसार यो पनडुब्बीमा यात्रा गर्न पर्यटकले ३ करोड ६४ लाखभन्दा बढी शुल्कण्तिर्नुपर्ने हुन्छ। यो यात्रा न्यू फाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ। टाइटानिकको भग्नावशेषसम्म पुग्न र निस्कन आठ घण्टा लाग्थ्यो।

    ओसेन्गेटको वेबसाइटका अनुसार कम्पनिका तीनवटा पनडुब्बी छन् तर टाइटानिकको भग्नावशेषसम्म पुग्न टाइटन मात्र सक्षम छ। यस पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र कम्पनीको वेवसाइटका अनुसार सो पनडुब्बी १३ हजार १०० फिटको गहिराइमा पुग्न सक्छ । यो पनडुब्बीमा पाँच यात्रुका लागि ९६ घण्टा जीवन बचाउने अक्सिजन छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij