प्रकाशित मिति : बिहिबार, असार २८, २०८०
काठमाडौं । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझ घरमै चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij