आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कीर्तिमानी बलर ब्रोडद्धारा सन्यासको घोषणा

  • प्रकाशित मिति : आइतवार, साउन १४, २०८०



  • काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडले ओभल भइरहेको अस्ट्रेलयाविरूद्धको पाँचौं एसेज टेस्टको समाप्तिपछि सन्यास लिने बताएका छन् ।

    ३७ वर्षीय ब्रोडले इंग्ल्यान्डका लागि १६७ टेस्टमा ६०२ विकेट लिएका छन् । उनी टेष्ट इतिहासमा टिम सहकर्मी जेम्स एन्डरसनपछि दोस्रो सबैभन्दा सफल बलर हुन् । पाँचौ टेस्टमा जित हासिल गरे इंग्ल्यान्डले सिरिज २–२ को बराबरी गर्ने छ ।

    ब्रोडले श्रृङ्खलामा २० विकेट लिएका छन्, जुन इंल्याण्डका खेलाडीले सबैभन्दा धेरै हो । अस्ट्रेलियाविरुद्धको कीर्तिमानी १५१ टेस्ट विकेट लिएर उनी एसेज क्रिकेटमा इङ्ल्यान्डका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

    ब्रोडले १२१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ टी–२० खेलेका छन् । २०११ र २०१४ बीच टी–२० टोलीको नेतृत्व गरेका उनले २०१६ देखि भने टेस्ट मात्र खेलेका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्घको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij