आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कम्बोडियामा चीनको बीआरई परियोजना, तेस्रो चक्रपथको उद्घाटन

  • प्रकाशित मिति : शुक्रबार, साउन १९, २०८०



  • एजेन्सी । कम्बोडियाको नोमपेन्हमा बिहीवार तेस्रो चक्रपथको उद्घाटन भएको छ ।

    चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकको सहुलियत ऋणमा निर्माण गरिएको चक्रपथ राजधानी नोमपेन्हको केही भागलाई घेरेर बनाइएको हो ।

    कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेन र कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेन्टियनले कान्डल प्रान्तको केन स्वे जिल्लामा चक्रपथको उद्घाटन गर्नुभएको थियो । सांघाई कन्स्ट्रक्शन ग्रुपले ५२ महिनाको अवधिमा दुईवटा नदी पुल र दुईवटा फ्लाईओभरसहित ५३ किलोमिटर सडक निर्माण गरेको हो ।

    प्रत्येक दिशामा ट्राफिकका लागि दुई लेनको साथ तेस्रो चक्रपथ दक्षिणपश्चिम नोम पेन्हको विन–विन बुलेभार्ड राउण्ड अबाउटबाट राजधानीको पूर्वमा कान्डल प्रान्तको राष्ट्रिय सडकसम्म फैलिएको छ । हुन सेनले यो सडक बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को रूपरेखा अन्तर्गत कम्बोडिया र चीन र साझा भविष्यका समुदायबीचको फलदायी सहयोगको अर्को प्रमाण भएको बताउनुभएको छ ।

    कम्बोडियाको ठूला भौतिक संरचनाको विकास निर्माणमा चीनले ठूलो धनराशी खर्च गरिरहेको छ । हालैका वर्षहरूमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले गति लिइरहेको छ र दक्षिणपूर्वी एशियाली क्षेत्रका केही आसियान देशहरूले यसमा सहभागी हुन चासो देखाएका छन् ।

    बीआरआई एशिया, युरोप, अफ्रिका र बाहिरका देशहरूमा कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धि गर्न चीनद्वारा शुरु गरिएको विशाल पूर्वाधार र विकास परियोजना हो । यसले यातायात सञ्जाल, व्यापार मार्ग, ऊर्जा पूर्वाधार, अन्य परियोजनाहरूमा सुधार गर्ने लक्ष्य राखेको छ ।

    ऋणको दिगोपन, पारदर्शिता र भूराजनीतिक प्रभावहरूको बारेमा भइरहेको आलोचनाको बावजुद, धेरै आशियान राष्ट्रहरूले बीआरआईलाई विकास र आर्थिक वृद्धिको अवसरको रूपमा हेर्ने गरेको पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij