आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रूसले झण्डै ५० वर्षपछि पठायो चन्द्रमामा रकेट

  • प्रकाशित मिति : शुक्रबार, साउन २६, २०८०



  • एजेन्सी । रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।

    रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

    ४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो । यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्नेछ ।

    त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउने बताइएको छ । संभवत यही अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने छ ।

    भारतले एक महिना अघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने बताइएको छ ।

    भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij