आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि हजारौं मानिस विस्थापित

  • प्रकाशित मिति : शुक्रबार, भदौ १, २०८०



  • एजेन्सी । उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् ।

    अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरको विमानस्थलमा मानिसहरुको भीड लागेको छ ।

    आजसम्ममा कम्तिमा २० हजार मानिसले शहर छाड्ने अनुमान अधिकारीहरुले गरेका छन् । विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् ।

    एलोनाइफ नगरका मेयर रेबेका एल्टीले सडक मार्ग हुदै शहर छाड्नेहरु पनि उत्तिकै रहेको बताएकी छन् । साथै सरकार आफैले पनि मानिसहरुलाई अन्यत्र सारिरहेको पनि उनले बताएकी छन् । गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो शहरमा सल्किंदा कम्तिमा सय जना भन्दा बढीको मृत्यु भएकाले पनि मानिसहरुमा त्रास निकै बढेको बताइएको छ ।

    क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij