प्रकाशित मिति : आइतवार, भदौ १७, २०८०
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् ।
जडिबूटीतर्फ जाँदै गरेको तीब्र गतिको बस अनियन्त्रित भई जीप र स्कुटरमाथि पल्टिएर दुर्घटना भएको हो ।
घाइते मध्ये गम्भीर अवस्था भएका सात जनालाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको भने सामान्य घाइतेहरुलाई पेप्सीकोलाको स्थानीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij