आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पश्चिमाहरुले झुठको साम्राज्य खडा गरेको रुसी विदेशमन्त्रीको आरोप

  • प्रकाशित मिति : आइतवार, अशोज ७, २०८०



  • एजेनसी । रुसी विदेशमन्त्री सर्गेई लाभारोबले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाउनु भएको छ ।

    राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै लाभारोबले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले झुठको खेति गरिरहेको आरोप लगाउनुभयो ।

    पश्चिमाहरु विश्वमा नयाँखालको उपनिवेश चलाउन चाहन्छन् भन्दै उहाँले अमेरिका र उसका सहयात्री देशहरुले निरन्तर द्वन्दलाई चर्काइरहेको बताउनुभयो ।

    संसार उनीहरुको डिजाइनमा चल्नुपर्छ भन्ने मानसिकता पश्चिमाहरुले बोकेको भन्दै लाभारोबले रुसले विश्वलाई उनीहरुको बन्दी बन्न नदिने पनि बताउनुभयो ।

    कृष्ण सागर हुँदै युक्रेनी खाद्यान्न निकासीका लागि राष्ट्रसंघले अघि सारेको प्रस्ताव रुसलाई मान्य नभएको भन्दै उहाँले रुसमाथिको पश्चिमा नाकाबन्दी नहटेसम्म कुनै पनि प्रस्तावमाथि छलफल नहुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij