आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पश्चिम तराईमा थारु समुदायले आज ‘बडकी अतवारी’ पर्व मनाउँदै

  • प्रकाशित मिति : आइतवार, अशोज ७, २०८०



  • काठमाडौं । पश्चिम तराईमा थारु समुदायले आज ‘बडकी अतवारी’ पर्व मनाउँदैछन् ।

    रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले ‘बडकी अतवारी’ पर्व मनाउने गदर्छन् ।

    यस पर्वमा थारु समुदायले भीम भगवानको पूजा गर्नुका साथै सूर्यको दर्शन गर्ने परम्परा रहेको छ । भीम जस्तै बलवान र निरोगी हुनका लागि भीम भगवानको पूजा गर्ने चलन रहेको हो ।

    यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जीलाई चिनी रोटी खाने र खुवाउने पुरानो परम्परा छ । पश्चिम तराईका दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले तीजपछिको पहिलो आइतबार मनाउँछन् भने रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका थारु समुदायले तीजको ६ दिनपछिको आइतबार मात्र यो पर्व मनाउने गर्दछन् ।

    यसर्थ दाङ, बाँके र बर्दियाका थारु समुदायले यो पर्व गएको हप्ता मनाइसकेका छन् । ‘बडकी अतवारी’ पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व मानिन्छ । यस अवसरमा आज रूपन्देहीका अधिकांश पालिकाले सार्वजनिक बिदा दिएका छन् । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij