आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण कार्य सुरु

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०८०



  • नवलपरासी । नवलपरासीमा सम्झौता भएको तीन वर्षपछि खजुरा खोलामा पुल निर्माण कार्य सुरु भएको छ ।

    नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ नंबर वडा जोड्ने पुल निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो । शिलान्याससमेत गरिएको पुल निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहिन भएका थिए ।

    याद सकिँदासमेत सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासनको सहयोग लिएर निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको थियो । निर्माण व्यवसायी सम्पर्क आएपछि अहिले एक सातादेखि निर्माण कार्य सुरु भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको हो ।

    २०८० असार ३ गतेभित्र सम्पन्न गर्ने गरी श्रीमृत संजिवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा निर्माण कार्यको जिम्मेवारी लिएको हो । पुल नहुँदा स्थानीयहरु वर्षायाममा बाढीको जोखिम मोलेर आवतजावत गर्न बाध्य हुदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij