शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, अशोज २४, २०८०



  • झापा । झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले गरेको चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित ४ जना जना पक्राउ परेका छन् ।

    भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको वर्ष १९ का निसान लिम्बु र निजका साथी वर्ष २४ का रिवज रनपहेलीलाई रोकी सोमबार चेकजाँच गर्दा निजहरूले नशालु पदार्थ सेवन गरेको पाइएकोले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

    साथै मंगलबार झापाको दमक नगरपालिका १ बस्ने वर्ष २१ को रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु साइकल बुझ्न आएकोले शङ्का लागी उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिट मुनी सिट स्टेण्ड फलाम भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध ब्राउन सुगर १४ ग्राम १५० मिलिग्राम फेला परेको थियो ।

    थप अनुसन्धान गर्दा निजहरूको साथी जिल्ला झापा दमक नगरपालिका-२ बस्ने निश्चल भन्ने विक्रम लिम्बु समेत संलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । उनीहरू चारै जनालाई नियन्त्रणमा दिएर थप अनुसन्धान सुरु गरिएको प्रहरी सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij