प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०८०
बर्षात ओली,दाङ।
साईइनिङ पुन हङकङ निवासी युवा समाज सेबि कृषत गुरुङले अशक्त सहारा बिहिन ४ जना आमाहरुका लागि दशैँ रंगीन बनाईदिनु भएको छ।
उहाँले घोराही उपमहानगरपालिका १५ निवासी ती आमाहरुका लागी प्रति आमा ५ बोरा चामल,५ के जि दाल, १० लिटर खाने तेल जाडोको लागि लगाउँने न्यानो कपडा,ओढ्ने ओछ्याने डसना र राम्रो सिरक सहितको १/१ सेट सबैलाई पुग्ने गरि कपडा बितरण गर्नुभएको छ। उहाँले ४ जना आमाहरुका लागि १ लाख जतिको सामान बितरण गर्नुभएको हो।
युवा समाजसेवी गुरुङले यस्ता अशक्त आमा बा हरुले दुख पाएको देख्न नसक्ने र कोहि त्यस्ता आमा बा हरुलाई सहयोग गर्न आफुले सधैं लागि पर्ने बताउँनु भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij