आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हमासका अधिकारीले इजरायलसँगको सम्झौता निकै नजिक भएको बताए

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ५, २०८०



  • काठमाडौं । पछिल्लो पटक केही त्यस्ता रिपोर्टहरू बाहिर आइरहेका छन् जसमा हमासका अधिकारीहरू इजरायलसँग सम्झौताको नजिक पुगेको बताइएको छ।

    दुवै पक्षबीच कतारमा वार्ता भइरहेको र त्यसमा कतारले मध्यस्थता गरिरहेको छ ।

    समाचार एजेन्सीहरू र प्यालेस्टिनी मिडियाका अनुसार हमास नेता इस्माइल हानियाले भनेका छन्, “हामीले कतार मार्फत हाम्रो प्रतिक्रिया दिएका छौं, र हामी युद्धविराम सम्झौतामा पुग्न नजिक छौं”।

    यसबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन ।

    यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली बन्धकसम्बन्धी सम्झौता पूरा हुन नजिकै रहेको संकेत गर्दै उक्त सम्झौतामा हमासले इजरायलको आक्रमण रोक्नुको बदलामा केही बन्धकहरूलाई रिहा गर्न सक्ने बताए।

    राष्ट्रपति बाइडेनले थ्यान्क्सगिभिङ समारोहमा यस्तो बताएका हुन् । एक रिपोर्टरले यसबारे सोधेको प्रश्नको जवाफमा बाइडेनले भने, “म पनि विश्वास गर्दछु।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij