प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०८०
बाँके ,मंसिर २८ । कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लाग्दा इन्स्टिच्युट सञ्चालकको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारु रहेका छन् ।
आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij