शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दार्चुलाकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०८०



  • दार्चुला। ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तीदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
    बिज्ञापन

    बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो। कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन्। उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताए। मृतक बमका छोरा काठमाण्डौंमा छन्। शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij