आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भुमिकास्थान नगरपालिकाको १४५ रोपनी बाँझो जग्गामा प्याज र गहत खेती

  • प्रकाशित मिति : शनिबार, मंसिर ३०, २०८०



  • अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गाको सदुपयोग गरी प्याज र गहत खेतीको सुरुवात गरेको छ ।

    अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बढ्दो बसाईसराई रोकथामका लागि चालु आर्थिक वर्षमा नगरपालिकाभित्र रहेका बाँझो जग्गाको खोजी गरि वेरोजगार नागरिकहरुलाई रोजगारी दिने कार्यक्रम अघि बढाएको छ । पूर्वाधार निर्माणको निरन्तरता सँगसँगै बाँझो रहेका जग्गाका धनीहरुसँग सम्झौता गरी पहिलो चरणमा प्याज र गहत खेतीको सुरुवात गरेको हो ।

    कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गर्ने, बेचविखन गर्ने, बिक्रिबाट प्राप्त आयलाई नगरपालिकाको आन्तरिक आयखातामा जम्मा गरी सुचिकृत वेरोजगारहरु परिचालन गर्ने र सो वापत उनीहरुलाई पारिश्रमिक दिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो ।

    सुचिकृत विपन्न वेरोजगार जनशक्ति मध्ये १ सय जनालाई कर्मशील जनशक्तिमा परिचालन गरिएको छ । १० वटा वडा रहेको नगरपालिकाले पहिलो चरणमा १ सय ४५ रोपनी जग्गा लिजमा लिएको छ । जसमा प्याज खेती सुरु गरिएको छ । वडा नम्बर ९ ढिकुराको डेभा, वडा नम्बर ५ असुरकोट दुर्वाङ्ग, वडा नम्बर २ ढाकावाङ्ग खाकाबेसी र वडा नम्बर ७ को डुम्रिचौरमा यो अभियानको सुरुवात गरिएको नगरप्रमुख झविलाल थापाले बताउनुभयो ।

    दिन प्रतिदिन बढ्दो बसाईसराई र वेरोजगारीको संख्या बढ्दो क्रममा रहेकोमा जिल्लाका ६ वटा पालिका मध्ये भुमिकास्थान नगरपालिकाले संचालन गरेको यस कार्यक्रमले निरन्तरता पाएमा कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।
    बाँझो जमिनको सदुपयोग

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij