प्रकाशित मिति : सोमवार, पुस ९, २०८०
कर्णाली करिडोरअन्तर्गत छारे–लेप्च्या खण्डमा सडकको काम गर्ने क्रममा खसेर लागेको ढुंगा खस्दा एक मजदुरको मृत्यु भएको छ।
सर्केगाड गाउँपालिका–२ स्थित लेप्च्याको सडक निर्माण गर्ने क्रममा मुगुको सोरू गाउँपालिका– ५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षका मनसिंह बुढाको ढुंगाले लागेर मृत्यु भएको हो।
सोमबार दिउँसो साढे १२ बजेको समयमा लोप्च्या सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुंगा लागेर बुढा करिब ५० मिटर तल खसेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
भिरबाट खसेर गम्भीर घाइते भएका बुढाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालबाट एक चिकित्सकलाई हेलिकोप्टरबाट पठाउने तयारी भइरहेको छ।
यस क्षेत्रमा यसअघि पनि एक कामदारको भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij