प्रकाशित मिति : आइतवार, माघ २८, २०८०
काठमाडौं । राजविराज कारागारमा एक युवा मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् ।
कारागारको शौचालयमा मृत फेला पारेको राजविराज कारागार प्रशासनले जनाएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का मण्डल गत भदौ ११ गतेदेखि कारागारमा थिए ।
१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा उनी कारागारमा थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij