शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०८०



  • काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

    पृथ्वीराज मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना भएको हो । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न‍ को बोलेरो शनिवार राती अनियन्त्रित भइ पल्टिँदा चितवनको ईच्छाकामना गाउँपालिका– ६ बस्ने २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो ।

    उनको उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij