शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

युरोपेली अन्तरिक्ष एजेन्सीको यान पृथ्वीमा खस्यो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०८०



  • एजेन्सी । युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा प्रक्षेपण गरेको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।

    विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको ई.आर.एस.टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खसेको हो ।

    क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा यो यान पृथ्वीमा खस्ने बित्तिकै जलेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    यसरी कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर सबैले देख्ने गरी ध्वस्त भएको यो पहिलो घटना भएको बताइएको छ ।

    युरोपेली अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरको यो सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको यो एउटा हो ।

    यो यानले ईआरएस टूले बाढीको अनुगमन, महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गर्दै आएको थियो ।

    यान पृथ्वीभन्दा सात सय किलोमिटर माथि रहेकोमा प्राकृतिक रूपमा तल खस्न एक सय वर्ष लाग्न सक्ने प्राविधिकहरुले बताएकोमा अनुमान गरेको समय भन्दा अगावै खसेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij