प्रकाशित मिति : बिहिबार, फाल्गुन १०, २०८०
बारामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्।
बुधबार पौने ५ बजे जितपुर सिमरा उपमहानगरपालिका(१६ भद्रकालीस्थित पूर्व(पश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो।
बाराका डिएसपी दधिराम न्यौपानेका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका( ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएका छन्।
कृष्णको खुट्टामा र राजुको हातमा चोट लागेको छ।
डिएसपी न्यौपानेका अनुसार जंगलको सडकमा बाघले आक्रमण गरेपछि उनीहरू चिच्याएका थिए। अगाडि पछाडि चलेका गाडिहरू रोकिएपछि बाघ त्यहाँबाट भागेको थियो।
त्यसपछि प्रहरीलाई खबर भएपछि बाघको आक्रमणमा परेका २ जनालाई उद्धार गरी अस्पताल लगिएको डिएसपी न्यौपानेले जानकारी दिए।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij